तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
तनहुँ । तनहुँमा ९ वर्षको अवधिमा वन्यजन्तुको आक्रणमा परी १७ जना बालबालिकाको ज्यान गएको छ । मानव वन्यजन्तु द्वन्द्वका कारण यसअवधिमा ३८ वटा घट्ना भएका डिभिजन वन कार्यालयले जनाएको छ ।
विसं ०७४ देखि ०८२ सम्मको अवधिमा त्यस्ता घटनामा २१ जना स्थानीय घाइते भएका थिए । वन्यजन्तुको आक्रमणमा परी सबैभन्दा बढी बन्दीपुर गाउँपालिकामा मानवीय क्षति भएको छ ।
उक्त स्थानमा भएका ११ घटनामा ७ जना बालबालिकाको मृत्यु र ४ जना घाइते भएको सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भानु नगरपालिका १४ घटना हुँदा ५ जनाको मृत्यु र ९ जना घाइते भएका छन् । अधिकांश घटना चितुवाबाट भएको छ भने केही घटना भालु र बाँदरबाट भएको छ । व्यास नगरपालिकामा भएको ६ वटा घटनामा २ जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।
त्यसैगरी शुक्लागण्डकीमा तीन घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएका छन् । आँबुखैरेनी गाउँपालिकामा ३ घटनामा एक जनाको मृत्युका साथै २ जना घाइते र म्याग्दे गाउँपालिकामा एक घटनामा १ जना घाइते भएका थिए ।
अधिकांश चितुवाको आक्रमण बालबालिकाको मृत्यु र घाइते भएका छन् भने भालु र बाँदरको आक्रमणबाट नगन्य मात्रामा घाइते भएका छन् ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, मगर गोही, अजिङ्गर र गौरीगाईबाट क्षति भएमा राहतका लागि पीडित वा हकवालाले ३५ दिनभित्र सम्बन्धित निकायमा निवेदन दिनुपर्दछ ।
वन्यजन्तुबाट सामान्य घाइते भएका व्यक्तिलाई बढीमा रु २० हजारसम्म औषधि उपचार खर्च दिने व्यवस्था रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
त्यस खालका घटनामा परी सख्त घाइते भएकालाई रु २ लाख र सोभन्दा बढी खर्च लाग्ने भएमा सरकारी अस्पतालमा उपचार गराई सोही अस्पतालको सिफारिसमा सम्पूर्ण उपचार खर्च नेपाल सरकारले ब्यहोर्ने प्रावधान रहेको डिभिजन प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
उनका अनुसार अङ्गभङ्ग भई जीवनभर गम्भीर रुपले शारीरिक अशक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई जीविकोपार्जनको लागि एकमुष्ट रु पाँच लाख राहत रकम दिने व्यवस्था रहेको छ । मानिसको मृत्यु भएमा मृतकको आश्रित परिवारलाई रु १० लाख राहत रकम दिइनेछ ।
गम्भीर घाइते भई उपचाररत रहेको व्यक्तिको अस्पतालबाट ‘डिस्चार्ज’ भए पश्चात् सोही कारणले ३५ दिनभित्र मृत्यु भएमा वा अस्पतालमा निरन्तर थलिएर मृत्यु भएमा मृतकको नजिकको हकवालालाई उपचार खर्च पूरै र रु दश लाख राहत प्रदान गरिने छ । चालु आवमा भने त्यस खालका घटना नभएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
-
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण