बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ

बुधबार, ०३ असार २०८३, १९ : २९
बुधबार, ०३ असार २०८३

सारांश

  • दैलेखमा १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ३२ वर्षीय शिभराज रेग्मी पक्राउ परेका छन्।
  • रेग्मीले मङ्गलबार भगवतीमाई गाउँपालिका-२ स्थित सल्लेघारी जङ्गलमा बालिकालाई जबरजस्तीकरणी गरेको आरोप छ।
  • घटनाबारे जिल्ला प्रहरी कार्यालय दैलेखले थप अनुसन्धान गरिरहेको छ।

‎सुर्खेत । दैलेखमा १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा बुधबार ३२ वर्षीय पुरुष पक्राउ परेका छन्।

‎जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका-४ का ३२ वर्षीय शिभराज रेग्मी रहेका छन्।

‎उनले मङ्गलबार भगवतीमाई गाउँपालिका-२ स्थित सल्लेघारी जङ्गलमा १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेका थिए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पचभैयाले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप