मध्यपश्चिम विश्वविद्यालयका १९२८ विद्यार्थी दीक्षित
सारांश
- मध्यपश्चिम विश्वविद्यालयले १ हजार ९२८ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।
- स्नातक तहका १ हजार २२२ जना, स्नातकोत्तर तहका ६९४ जना र दर्शनाचार्य तहमा १२ विद्यार्थी दीक्षित भएका छन् ।
- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राप्त गुणस्तरीय शिक्षाले देशको विकासमा योगदान दिनुपर्ने बताए ।
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले १ हजार ९२८ जना विद्यार्थीलाई दीक्षित गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा बुधबार आयोजना गरिएको चौथो दीक्षान्त समारोहबाट दीक्षित हुन योग्य विद्यार्थीलाई दीक्षित गरिएको थियो ।
विश्वविद्यालयका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले ग्रेस लिस्टमा रहेका विभिन्न ग्र्याजुएट स्कुलका १ हजार ९२८ जना विद्यार्थी दीक्षित भएको बताए ।
उनका अनुसार, दीक्षित हुनेमा स्नातक तहका १ हजार २२२ जना, स्नातकोत्तर तहका ६९४ जना र दर्शनाचार्य तहमा १२ विद्यार्थी रहेका छन् । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा केवल आफ्नो व्यक्तिगत प्राप्तिको लागि मात्र नभएर समाज र राष्ट्रको विकासको लागि सशक्त माध्यम भएको बताए ।
तपाईंहरूले प्राप्त गर्नुभएको गुणस्तरीय शिक्षाले देशले सामना गरिरहेको अभाव, गरिबी, बेरोजगारी, स्वास्थ्यजन्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि र जैविक विविधता जस्ता विषयमा ठोस समाधान दिन सक्षम बनाउनेछ,’ उनले थपे, ‘तपाईंहरूको पुस्ताले उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तनको बलमा देशको अर्थतन्त्रलाई बलियो बनाउन ठुलो योगदान दिने क्षमता राख्दछ ।’
समारोहका प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले विश्वविद्यालयले छोटो समयमा ठुलो प्रगति गरेको भन्दै चर्चा गरे । विश्वविद्यालयको उपाधिसँगै जीवनको एउटा महत्त्वपूर्ण चरण पुरा गरेको भन्दै त्यो समाज र देशका लागि गहिरो अर्थ राख्ने उनले बताए ।
‘जीवनभर सिक्न तयार रहनुहोस्,’ उनले भने, ‘यसले समान आधार तय गर्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण