नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
बुटवल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले देशमा आर्थिक समस्याप्रति राज्यको ध्यानाकर्षण गराउँदै तिनको दीर्घकालीन समाधानका लागि दबाब दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय प्युठानमा धर्ना दिँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ।
नेसपा समाजवादी प्युठानका इन्चार्ज पङ्कज राईले प्रशासन कार्यालय धर्ना दिँदै प्युठानका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको बताए ।
उनले देश राजनीतिक अस्थिरता, आर्थिक अनियमितता र बढ्दो भ्रष्टाचारको चपेटामा परेको बताउँदै ठुला योजनामा हुने आर्थिक अनियमितता, कमिसनको खेल, र सार्वजनिक सम्पत्तिको दोहनले देशलाई जरैदेखि कमजोर बनाइरहेकोले रोक्न माग गरिएको छ ।
उनले देशमा प्रत्यक्ष निर्वाचन राष्ट्रपति प्रद्वति लागू गर्नुपर्ने माग रहेको बताए ।विशेषतः राज्यका विभिन्न निकायहरूमा देखिएको अनियमितता र जवाफदेहीताविहीनता, तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगले समग्र शासन व्यवस्थामा आम नागरिकको विश्वास घट्दो क्रममा छ ।
यस्तो अवस्थालाई मध्यनजर गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित प्रशासनिक प्रणालीको निर्माण अपरिहार्य भएको ज्ञापनपत्रमा उल्लेख छ।
पार्टीका प्युठान जिल्ला अध्यक्ष श्याम गहतराजले शान्तिपूर्ण धर्नादेखि अन्य विभिन्न दबाब मूलक कार्यक्रम पार्टीले निरन्तर गरिरहने बताए ।
ज्ञापनपत्रमा युवाहरूको व्यापक विदेश पलायन, कृषिमा लाग्ने जनशक्तिको कमी, र उत्पादनको उचित मूल्य नपाउनुले दीर्घकालीन आर्थिक असन्तुलन निम्त्याइरहेको सन्दर्भमा, कृषि, लघु उद्यम र घरेलु उत्पादनमा लगानी वृद्धि गरी स्वदेशमै स्वरोजगारको वातावरण सिर्जना गर्नु आजको आवश्यकता उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक
-
प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै
-
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
-
सरकारी जग्गा भोगाधिकारबारे विभागको पत्राचार
-
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल
-
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण