धोनी र शमीको नाममा नयाँ रेकर्ड
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा सनराइजर्स हैदराबादले शुक्रबार आफ्नै घरेलु मैदान चेपकमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्यो । यो हैदराबादको ९ खेलमा तेस्रो जित थियो भने चेन्नईले ९ खेलमध्ये सातौँ हार बेहोरेको छ ।
यस खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले एउटा नयाँ उपलब्धि हासिल गरे। धोनी ४०० टी–२० खेल खेल्ने चौथो भारतीय खेलाडी बनेका छन् । धोनीभन्दा अगाडि रोहित शर्मा, विराट कोहली र दिनेश कार्तिकले ४०० टी–२० खेल खेलिसकेका छन् ।
यसैगरी, मोहम्मद शमी आईपीएल खेलको पहिलो बलमा सबैभन्दा धेरै विकेट लिने बलर बने । उनले चौथो पटक यो उपलब्धि हासिल गरे । शमीले शेख रशिदलाई शून्यको स्कोरमा पभेलियन पठाएका थिए ।
शमीबाहेक उमेश यादव, ट्रेन्ट बोल्ट, प्रविण कुमार, लसिथ मलिंगा, भुवनेश्वर कुमार र अशोक डिंडाले ३–३ पटक पहिलो बलमा विकेट लिन सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण