धोनी र शमीको नाममा नयाँ रेकर्ड

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा सनराइजर्स हैदराबादले शुक्रबार आफ्नै घरेलु मैदान चेपकमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्यो । यो हैदराबादको ९ खेलमा तेस्रो जित थियो भने चेन्नईले ९ खेलमध्ये सातौँ हार बेहोरेको छ ।
यस खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले एउटा नयाँ उपलब्धि हासिल गरे। धोनी ४०० टी–२० खेल खेल्ने चौथो भारतीय खेलाडी बनेका छन् । धोनीभन्दा अगाडि रोहित शर्मा, विराट कोहली र दिनेश कार्तिकले ४०० टी–२० खेल खेलिसकेका छन् ।
यसैगरी, मोहम्मद शमी आईपीएल खेलको पहिलो बलमा सबैभन्दा धेरै विकेट लिने बलर बने । उनले चौथो पटक यो उपलब्धि हासिल गरे । शमीले शेख रशिदलाई शून्यको स्कोरमा पभेलियन पठाएका थिए ।
शमीबाहेक उमेश यादव, ट्रेन्ट बोल्ट, प्रविण कुमार, लसिथ मलिंगा, भुवनेश्वर कुमार र अशोक डिंडाले ३–३ पटक पहिलो बलमा विकेट लिन सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू (तस्बिरहरू)
-
आगामी नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ?
-
श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
-
संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण
-
प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै