प्रधानमन्त्री ओली लुम्बिनीमा

बुटवल । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिभल लुम्बिनीमा आयोजना गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरेका छन् । फेस्टिभल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिवलको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ ।
नेपाल र चीनबिचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिभल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।
संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । फेस्टिभलमा ४० देशका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । फेस्टिभलमा ५ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
-
स्वदेश फर्किए राजेन्द्र महतो
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर