जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा.वेदुराम भुसालले आजको समस्या राजनीतिक समस्या नभएको बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आजको मुख्य समस्या मुलुकमा जुन उचाईको राजनीतिक परिवर्तन भयो सोहीअनुसारको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण हुन नसक्नु रहेको बताए । उनले आर्थिक, सामाजिक लगायतका क्षेत्रमा परिवर्तनकारी कार्यहरू हुन नसक्नु नै प्रमुख समस्या रहेको जिकिर गरे ।
उनले जनताले अपेक्षा गरेको सुशासन कायम हुन नसक्नु, भ्रष्टाचार नियन्त्रण हुन नसक्नु र रोजगारी सिर्जना हुन नसक्दा आम नागरिक निराश बनेको बताए ।
आम नागरिकले उठाएका माग र चाहाना नै सुशासन भएको उनले बताए । भुसालले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, विकास र रोजगारीलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनले भने,“आजको समस्या राजनीतिक समस्या होइन । हाम्रो समाजको आजको समस्या भनेको मुलुकमा जुन उँचाइको राजनीतिक परिवर्तन भयो, त्यो अनुरूपको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्न सकिएन । आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा त्यस खालका परिवर्तनकारी कार्यहरू हुन सकेनन् । जनताले अपेक्षा गरेको सुशासन कायम हुन सकेन । भ्रष्टाचार नियन्त्रण हुन सकेन । रोजगारी सिर्जना गर्न सकिएन । आज जनताले उठाएका माग त यिनै हुन् नि । आज जनताले चाहना गरेको कुरा यो हो । यो चाहीँ गर्न सकिएन । आजको समस्या भनेको सुशासन कसरी कायम गर्ने, भ्रष्टाचार कसरी नियन्त्रण गर्ने, मुलुकको विकासको लागि अभियानहरू कसरी शुरु गर्ने र रोजगारी कसरी सिर्जना गर्ने । यो दिशामा अगाडी बढ्ने सन्दर्भमा यो अधिवेशनमा हामीले केही काम गर्नसकौँ । यो अपेक्षा म राख्छु ।”
उनले आम नागरिकका अपेक्षा पूरा गर्नेगरी सरकारले नीति, कानूनहरू ल्याउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की
-
देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह