आईपीएल : मुम्बईको लगातार पाँचौँ जित, उक्लियो दोस्रो स्थानमा
काठमाडौँ । मुम्बई इन्डियन्सले जारी आईपीएलमा लगातार पाँचौँ खेल जित्दै आईपीएलको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ । टोलीले आइतबार वानखेडे स्टेडियममा लखनऊ सुपरजायन्ट्सलाई ५४ रनले पराजित गर्यो।
टस हारेर सुरुमा बलिङ गरेको मुम्बईले ७ विकेट गुमाउँदै २१५ रन बनाएको थियो । जवाफमा लखनऊले पूरै ओभर खेलेर पनि मात्र १६१ रन बनाउन सक्यो ।
मुम्बईका लागि जसप्रीत बुमराहले ४ विकेट लिए, उनले १६ औं ओभरमा ३ विकेट लिए र खेल आफ्नो पक्षमा फर्काएका थिए ।
ट्रेन्ट बोल्टले पनि आज ३ विकेट लिए । साथै विल ज्याक्सले २ विकेट लिए । आज सूर्यकुमार यादव र रायन रिकेलटन दुवैले अर्धशतक प्रहार गरेका थिए ।
लखनउका लागि आवेश खान र मयंक यादवले २–२ विकेट लिएका थिए । लखनऊका आयुष बडोनीले सर्वाधिक ३५ रन बनाए । आज दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हुँदैछ । खेल दिल्लीको अरुण जेटली रंगशालामा पौने ८ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण