९ महिनाकाे अवधिमा पोखराबाट ३८ हजार बढीले लिए श्रम स्वीकृति
सोमबार, १५ वैशाख २०८२, १६ : २६

पोखरा । पोखराबाट साढे ३८ हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३८ हजार ५१२ जनाले श्रम स्वीकृति लिएका हुन् । तीमध्ये पुरुष ३३ हजार ६८१ र महिला ४ हजार ८२३ जना छन् ।
सबैभन्दा बढी कात्तिकमा ६ हजार ६५९ जनाले श्रम स्वीकृति लिएको कार्यालयका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए । उनका अनुसार सोही अवधिमा ३ सय ८३ जनाको बालश्रम अनुगमन, ३ सय ८७ श्रम अडिट तथा प्रतिष्ठान अनुगमन ३ सय १६ को भएको छ ।
२०७५ पुसदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि पुनः श्रम स्वीकृति र २०७९ कात्तिक ३ देखि वैदेशिक रोजगारीको लागि नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति दिँदै आएको छ । कार्यालयले वैदेशिक रोजगारीमा पीडित बनेकाहरूलाई रकम असुल गराइदिने काम पनि गरेको छ । यसबाहेक देशमै रोजगारीका क्षत्रमा युवालाई जोडिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले
-
खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन
-
गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसाका नाममा मानव तस्करी प्रकरण, राजीनामा दिन दबाब
-
ललितपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते