शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै

बिहीबार, १८ वैशाख २०८२, ०९ : ५१
बिहीबार, १८ वैशाख २०८२

विराटनगर । कोशी प्रदेश सरकारले महत्वका साथ गर्न लागेको प्रदेश लगानी सम्मेलन आज विराटनगरमा उद्घाटन हुँदै छ । लगानी सम्मेलनको उद्घाटनका लागि आजै प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउने कार्यक्रम छ । 

विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजित उद्घाटन समारोहमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुने सरकारको दाबी छ । यस्तै स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने भएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरु छन् । लगानी सम्मेलनकै क्रममा दुई दर्जनबढी परियोजनामा भने सम्झौता (एमओयु) नै हुने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले जानकारी दिए ।

यसैबिच लगानी सम्मेलनलाई सहयोग गरेर जाने आफूहरूको योजना रहेको प्रदेशका विपक्षी दलहरूले जनाएका छन् । कोशी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा लगानी भित्र्याउनका लागि हुने जुनसुकै कार्यक्रमलाई आफूहरूले सहयोग गर्ने बताए । 

उनले कार्यक्रम गर्दा भएका अव्यवस्था र भद्रगोलको विषयमा संसदमा छलफल हुने बताउँदै अहिले भने सहयोग गरेर जानुपर्ने धारणा राखे । यस्तै विपक्षी दल राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि लगानी सम्मेलन सफल हुनुपर्ने धारणा राखे । प्रदेशमा लगानी भित्र्याउने, उद्योग धन्दा खुल्ने र समृद्धि हासिल हुने कुरालाई राप्रपाले जहिल्यै सहयोग गर्ने उनको भनाइ छ । नेकपा (एकीकृत समाजवादी)ले पनि लगानी सम्मेलनबारे असहयोग नगर्ने नीति लिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप