युजवेन्द्रले ह्याट्रिक लिँदा बनेका रेकर्ड
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ४ विकेटले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा चेन्नईले पञ्जाबसामु जितका लागि १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पञ्जाबले उक्त लक्ष्य २ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्यायो ।
जितपछि १० खेलबाट १३ अंक बटुल्दै टोली दोस्रो स्थानमा उक्लिएको छ । टोलीको जितमा युजवेन्द्र चहल नायक बने । उनले ह्याट्रिकसहित ४ विकेट लिन सफल भए ।
प्रतियोगितामा एकभन्दा बढी ह्याट्रिक लिने उनी मात्र तेस्रो खेलाडी हुन् । उनले यसअघि सन् २०२२ मा कोलकाता नाइट राइडर्सविरुद्ध ह्याट्रिक लिएका थिए । उनीबाहेक अमित मिश्राले ३ पटक आईपीएलमा ह्याट्रिक लिएका छन् । युवराज सिंहको नाममा दुईवटा ह्याट्रिक रहेको छ ।
उनी आईपीएलमा चेन्नईविरुद्ध ह्याट्रिक लिने पहिलो बलर पनि बनेका छन् । परविन्दर अवानाले सन् २०१४ मा चेन्नईविरुद्ध ह्याट्रिक लिए पनि यो च्याम्पियन्स लिग २० खेलका दौरान थियो ।
यसैगरी, चहलले आईपीएलमा ९ पटक ४ वा सोभन्दा बढी विकेट लिएका छन् । उनले सुनिल नरेनलाई उछिन्दै प्रतियोगितामा नयाँ रेकर्ड बनाउन सफल भएका छन् । नरेनले ८ पटक यो उपलब्धि हात पारेका छन् ।
चहलले १९ औँ ओभरमा ४ विकेट लिन सफल भए । उनले प्रतियोगितामा दोस्रोपटक एकै ओभरमा ४ विकेट लिएका हुन् । यसअघि सन् २०२२ मा कोलकाताविरुद्ध यो उपलब्धि बनाएका थिए । उनीबाहेक अमित मिश्रा र आन्द्रे रसलले पनि आईपीएलमा एकै ओभरमा चार विकेट लिएका छन् ।
पुरुष टी–२० खेलमा एकभन्दा बढी पटक एकै ओभरमा ४ विकेट लिने उनी मात्र तेस्रो खेलाडी हुन् । उनी बाहेक रसल र शाहिन शाह अफ्रिदीले एकभन्दा बढी पटक यो उपलब्धि हासिल गरेका छन् ।
उता, चेन्नईका लागि भने बुधबारको दिन खराब रह्यो । टोलीले यो सिजन घरेलु मैदान चेपाकमा बेहोरेको पाँचौँ हार थियो । कुनै पनि आईपीएल सिजनमा टोली सबैभन्दा धेरै पटक हार बेहोरेको यो पहिलो अवसर हो । सन् २००८ र २०१२ मा टोली ४–४ पटक घरेलु मैदानमा पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण