अमेरिका र युक्रेनबिच प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर
वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले ‘पुनर्निर्माण लगानी कोष’ सिर्जना गर्न सहमत भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ‘अमेरिकालाई बढी फाइदा’ पुर्याउने दाबी गरेका छन् । उनले भने, ‘बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए । अब हामीले एउटा सम्झौता गरेका छौँ जसले हामीलाई त्योभन्दा बढी पैसा दिनेछ ।’
यसअघि बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
अमेरिकी ट्रेजरी विभागले जारी गरेको विज्ञप्ति अनुसार, सम्झौता अन्तर्गत ‘पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरू’ ले कीभको पुनर्स्थापनालाई गति दिने कुरालाई सुनिश्चित गर्न दुई देशहरूले सहकार्य गर्नेछन् ।
युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न कीभ र वासिङ्टनले महिनौँदेखि सम्झौताको लागि वार्ता गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण