क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी जारी सिजनको कनकाकाफ च्याम्पियन्स कपको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनल खेलमा बलियो इन्टर मियामीलाई हराउँदै क्यानेडियन क्लब भानकुभर ह्वाइटक्याप्स फाइनलमा पुग्न सफल भयो ।
इन्टर मियामी बिहीबार बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेग खेलमा भानकुभर ह्वाइटक्याप्ससँग १–३ गोलले पराजित भयो । सेमिफाइनलको दोस्रो लेग खेल इन्टर मियामीकै घरेलु मैदानमा खेलिएको थियो ।
भानकुभर ५–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुगेको हो । यसअघि भानकुभरको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि इन्टर मियामी ०–२ गोलले पराजित भएको थियो ।
दोस्रो लेग खेलमा सुरुवाती अग्रता लिएर पनि इन्टर मियामीले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको नवौँ मिनेटमै इन्टर मियामीका लागि जोर्ड अल्बाले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो ।
तर, खेलको दोस्रो हाफमा घरेलु मैदानमा इन्टर मियामीले लय गुमाएपछि भानकुभरले लगातार तीन गोल गरेको थियो । निर्धारित समयको ५१औँ मिनेटमा भानकुभरका लागि ब्राइन ह्वाइटले पहिलो गोल गरेका थिए ।
यसैगरी, निर्धारित समयको ५३औँ मिनेटमा भानकुभरका लागि पेड्रो भाइटले दोस्रो गोल थपेका थिए । भानकुभरका लागि तेस्रो गोल भने निर्धारित समयको ७१औँ मिनेटमा सेबास्टियन बेरहल्टरले गरेका थिए ।
प्रतियोगिताको फाइनलमा अब भानकुभरले मेक्सिकन क्लब यूएएनएल वा क्रुज अजुलसँग उपाधिका लागि भिडन्त गर्नेछ । यी दुई टोलीबिच खेलिएको सेमिफाइनलको पहिलो लेग खेल १–१ गोलको बराबरीमा सकिएको थियो । फाइनल खेल भने जुन १ तारिखमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण