१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा

आज २०८२ वैशाख १६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- जथाभाबी खनिएका सडक
अध्ययन नै नगरी जथाभाबी सडक खन्दा कर्णालीमा दुर्घटनाहरू बढ्न थालेपछि कर्णाली सरकारले सडकसम्बन्धी गुरुयोजना बनाएको छ । सडक आयोजनाहरूलाई वैज्ञानिक र वस्तुगत बनाउन प्रदेश सरकारले ‘प्रादेशिक सडक सञ्जाल गुरुयोजना’ बनाएको हो । जसको उद्देश्य व्यवस्थित सडक विकास र दुर्घटना न्यूनीकरण रहेको छ ।
- असन्तुष्टिमा खेल्ने योजना
जनस्तरमा बढ्दै गएको असन्तुष्टिलाई राजनीतीकरण गरी माहोल आफ्नो पक्षमा पार्ने पूर्वराजा ज्ञानेन्द्र शाह र विपक्षी दलहरूको छुट्टाछुट्टै प्रयास असफल भएको छ । गणतान्त्रिक शासकहरूको कार्यशैली, शासन पद्धतिलाई लिएर पछिल्लो समय नागरिकस्तरमा परम्परागत दलमाथि मात्र नभई व्यवस्थामाथि नै राजावादीहरूबाट प्रहार हुन थालेको थियो ।
- ४० बुँदे माग
२०५२ सालमा जनयुद्ध थाल्नुअघि नेकपा (माओवादी)ले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार समक्ष ४० बुँदे माग राखेको थियो । पार्टीको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालका संयोजक डा. बाबुराम भट्टराईले २०५२ माघ २२ गते प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर सरकारसमक्ष आफ्ना माग पेस गरेका थिए ।
- डिजिटल हिंसा
अभिनेत्री सुरक्षा पन्त अहिले डिजिटल हिंसा (दुव्र्यवहार)मा परेकी छन् । सामाजिक सञ्जालमा उनको विभिन्न टिकाटिप्पणी भइरहेको छ । टिप्पणीमा उनी प्रति घृणा र आवेगका नकारात्मक अभिव्यक्ति देख्न सकिन्छ ।
- सगरमाथा संवाद
जेठ २ गतेदेखि तीन दिनसम्म चल्ने सगरमाथा संवादमा प्रमुख अतिथि कसलाई बनाउने भन्नेबारे छलफल भइरहेको छ । सगरमाथा संवादका लागि ५० भन्दा बढी देशका करिब ३०० पाहुनालाई निमन्त्रणा गरिसकेको छ । त्यसमध्ये अधिकांशले आउने सुनिश्चित गरिसकेका छन् भने बाँकीको पनि सुनिश्चितता हुने क्रम जारी छ ।
- संसद् बैठक
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् ।
- चलचित्र विधेयक
सरकारले चलचित्र विधेयक राष्ट्रिय सभामा दर्ता गराएसँगै फिल्मकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरूले प्रस्ताव गरेको विधेयकको मस्यौदा बेवास्ता गर्दै सरकारले आफूखुसी विधेयक ल्याउन लागेको उनीहरूको आरोप छ ।
- क्रियाशील सदस्यता
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको लागि मातहतका समितिलाई वैशाख मसान्तसम्मको समय दिएको छ । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले वैशाख मसान्तसम्मको समय दिएको समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
- पाेखरा विमानस्थल प्रतिवेदन
सोमबार प्रतिनिधिसभा लेखा समितिअन्तर्गत पोखरा एयरपोर्टमा भएको अनियमितता छानबिन उपसमितिले प्रतिवेदन बुझायो । उपसमिति संयोजक राजेन्द्र लिङ्देनले समिति सभापति ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । उक्त प्रतिवेदनले विमानस्थल निर्माणसम्बन्धी ठेक्का प्रक्रियाको प्रारम्भिक चरणमै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।
- शिक्षक आन्दोलन
नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
-
स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा
-
अमेरिकी दूतावासले भन्यो - एमसीसी पूर्ण कार्यान्वयन हुन्छ
-
साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी