कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
मङ्गलबार, १६ वैशाख २०८२, १३ : ३७

काठमाडौँ । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गरेका छन् ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षकका मागहरु धेरैले उठाइसकेको भन्दै शिक्षकहरुका माग सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन आग्रह गरे । उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुनेमा शिक्षकहरुको माग रहेको भन्दै संविधान संशोधन गरेर शिक्षकका मागहरु पूरा गर्न तयार हुनुपर्ने बताए । उनले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न प्रस्ताव गरे ।
सरकारमा अहिलेको विपक्षी दलहरु पनि रहिसकेकाले गोहीका आँशु निकाल्नुको फाइदा नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रकवि घिमिरेका कविता वाचन गर्दै राष्ट्रपतिले भने, ‘स्रष्टालाई सम्मान गर्न समाज र सरकारले कन्जुस्याइँ गर्न हुन्न’
-
माओवादीको निष्कर्ष– हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण
-
सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुट्ने काम गरिरहेको छ : प्रभु साह
-
चन्दा सङ्कलन गरेर किरियाघर निर्माण
-
नबिल बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट
-
फिल्म ‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक