संसद् बैठक
प्रतिनिधिसभामा विपक्षीको विरोध
मङ्गलबार, १६ वैशाख २०८२, ११ : २६

काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए ।
उनले आफूहरूले सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न गरेको माग नमानेको बताए ।
उनले आजको कार्यसूचीमा राख्न माग गरे । पाण्डेले सरकार संसद् र आन्दोलन र अन्य मागबारे जबाफदेही नभएको बताए ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफल हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो