मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह

मङ्गलबार, १६ वैशाख २०८२, १४ : ०९
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले एमालेले प्रतिष्ठानमा कार्यालय राख्नु गलत भएको बताएका छन् । 

प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले सामाजिक कार्यका लागि निर्मित तुलसीलाल अमात्य प्रतिष्ठानमा एमालेले पार्टी कार्यालय चलाइरहेको भन्दै त्यो गलत रहेको बताएका हुन् । 

प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो भएको आरोप लगाउँदै उनले सरकारी बजेट ल्याउने र ती संस्थाका आम्दानीहरू नेताको निजी स्वार्थमा प्रयोग गर्ने काम गलत भएको बताए ।

प्रतिष्ठान र संघसंस्थाहरु पथभ्रष्ट हुँदा त्यसलाई नियमन गर्नुपर्ने उनले बताए । तर सुशासनको जिम्मेवारी लिएका प्रधानमन्त्री केपी ओलीबाटै कानुन उल्लङ्घन हुँदा विधिको शासन कहाँ खोज्ने भन्दै उनले प्रश्न उठाए । 

एमाले अर्बपति क्लबमा पुगेको पार्टी भएको बताउँदै उनले १० वर्षअघि भूकम्पबाट क्षति हुँदा अहिलेसम्ममा पनि आफ्नो पार्टी कार्यालय निर्माण गर्न नसक्नु प्रधानमन्त्री ओलीकै कमजोरी भएको बताए । 

सामाजिक संस्थामा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउँदै उनले कानुन सबैमा लागु हुनुपर्ने बताए । सरकारी अनुदान लगेर दुरुपयोग गर्ने अधिकार कोही कसैलाई नभएको बताउँदै उनले च्यासल स्थित तुलसीलाल अमात्य प्रतिष्ठानबाट एमाले पार्टी कार्यालय तुरुन्त हटाउनुपर्ने माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप