आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो ।
सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको छ । यसअघि आफुहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए ।
शिक्षामन्त्रीसँग पटक पटक गरेको छलफललाई महासंघले आधिकारिक रुपम वार्तामा मानेको थिएन । महासंघले आधिकारक रुपमा निर्णय गर्दै महासंघले अघि सारेका ९ बुँदे प्रस्तावमा सहमति हुने आधारसहित वार्तामा बस्ने निर्णय गरेको हो ।
एकीकतृ अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनसँगसँगै सरकारसँग वार्तामा समेत बस्ने निर्णय भएको बताए ।
‘क्याबिनेटले गर्ने निर्णय, ऐन आउने सुनिश्चतता, हामीसँग भएका सहमति र शिक्षा उपसमितिमा विद्यालय शिक्षा ऐनको अन्तरवस्तुले आन्दोलनको स्वरुप निर्धारण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने ।
उक्त निर्णयपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुला बहादुर थापा, सहअध्यक्ष सानुमाया पराजुली लगायतका शिक्षक नेताहरु सिंहदरबार गएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग वार्ता गर्नका लागि सिंहदरबार गएका हुन् ।
उनीहरुले महासंघले अघि सारेको ९ बुँदे प्रस्तावको आधारमा सहमति भएको खण्डमा मात्रै आफुले मान्ने प्रष्ट पारेको छ । तर, सरकारले भने मध्यमार्गी बाटो खोज्दै सहमतिको बिन्दुमा गर्न अनुरोध गर्दै आएको छ । महासंघले भने विगतमा सरकारले गरेको सहमति अनुसार ९ बुँदे प्रस्ताव अघि सारिएको जनाएको छ ।
त्यही अनुसार सहमति नभएको खण्डमा आफुहरु सहमति नगर्ने र आन्दोलन नरोकिने चेतावनी दिदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय
-
इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र