एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
काठमाडौँ । चेरि अटोमोबाइल कम्पनी लिमिटेडको सब–ब्रान्ड, ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रा.लि. ‘चेरि इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित भएको छ ।
उक्त सम्मेलन चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजना गरिएको थियो । चेरिको हेडक्वार्टर तथा मुख्य उत्पादन केन्द्र पनि अवस्थित छन् । सम्मेलनमा चेरि होल्डिङ ग्रुप कम्पनिका उपाध्यक्ष श्री सु हुइले एसपिजि अटोमोबाइल्सका निर्देशन श्री गौरव शारडालाई यो अवार्ड हस्तान्तरण गरेका हुन् ।
१ सय २० भन्दा बढी देशका ३ हजार भन्दा बढी डिलरहरूको सहभागीता रहेको यस अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धीहरू प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनैतिक विचारहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गर्ने अवसर प्रदान गरिएको थियो ।
सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरि इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङ्गयुए, र चेरि इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङआदिको विशिष्ट उपस्थिति रहेको थियो ।
एसपिजि अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारी साधनहरूको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान तथा कम्पनिको उल्लेखनीय बजार पर्फमेन्सका लागि यो ‘इभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो ।
सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात (सस्टेनेबल मोबिलिटि) प्रवद्र्धनप्रति कम्पनिको प्रतिबद्धता र सक्रियतालाई उजागर गरेको छ ।
ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा इ–फाइभ’ इभि सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो भने ‘नाडा अटो सो २०२४’मा यसको रगेड र स्टाइलिस सब–ब्रान्ड ‘जेइको जे–सिक्स’ इएसयुभि प्रस्तुत गरेको थियो ।
यी नवीनतम इभि ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एसपिजि अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडीहरू सफलतापूर्वक विक्री गरी उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।
एसपिजि अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा एन्ड जेइकोको नेपालको लागि आधिकारिक वितरक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण