शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला

बिहीबार, १८ वैशाख २०८२, १२ : ५४
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । आगामी शुक्रवार रिलिज हुन गइरहेको नेपाली चलचित्र ‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला भएको छ । चलचित्र निर्माण युनिटले बुकिङ खुला भएको जानकारी दिए पनि  कति सो पायो भन्ने विवरण खुलाएको छैन । 

‘झिल्को’ डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरको कथामा बनेको हो ।

सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठलगायतको फिल्ममा अभिनय छ ।

‘झोला’ जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका यादवकुमार भट्टराईले यो चलचित्रको निर्देशन गरेका हुन् । भट्टराईले बालबालिका, अभिभावक, शिक्षक, र नीति निर्माताबिच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताए ।

मिडिया फर कल्चर प्रा.लिको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ छ । कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो । फिल्मको आज बिहीबार साँझ ग्रान्ड प्रिमियर सो आयोजना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप