शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

२ वर्ष अघि आरबीआईले थुतिसकेको २ हजारको नोट अझै प्रचलनमा

शुक्रबार, १९ वैशाख २०८२, १७ : ५९
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । भारतको केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इन्डिया’ (आरबीआई) ले २ हजार भारुको नोट फिर्ता लिएको दुई वर्ष बितिसक्दा पनि ६२ अर्ब ६६ करोड भारु बराबरको नोट अझै पनि चलनमै छन् । यो कुरा आधिकारिक तथ्याङ्कबाट समेत पुष्टि भइसकेको छ । 

आरबीआईका अनुसार २ हजार भारुको बैङ्क नोट वैध टेन्डर नै रहनेछ । आरबीआईले २०२३ को मे १९ मा २००० रुपैयाँ दरका नोटहरू प्रचलनबाट फिर्ता लिने घोषणा गरेको थियो ।

प्रचलनमा रहेका २,००० रुपैयाँका नोटहरूको कुल मूल्य २०२३ को मे १९ मा कारोबार बन्द हुँदा ३५ खर्ब ६० अर्ब भारु रहेको २०२५ को अप्रिल ३० को दिन कारोबार बन्द हुँदा यो अझै ६२ अर्ब ६६ भारुमा मात्रै झर्न सकेको शुक्रबार एक विज्ञप्तिमा आरबीआईले भनेको थियो । 

२०२३ को मे १९ सम्ममा प्रचलनमा रहेका २,००० रुपैयाँका नोटहरूमध्ये ९८ दशमलव २४ प्रतिशत बैङ्कको प्रणालीमा फिर्ता भएको थियो । यस्ता नोटहरू जम्मा गर्ने वा साट्ने सुविधा २०२३ को अक्टोबर ७ सम्ममा सबै बैङ्क शाखाहरूमा उपलब्ध थियो । यद्यपि, यो सुविधा अझै पनि रिजर्भ बैङ्कका १९ वटा जारी कार्यालयहरूमा उपलब्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप