पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु
शुक्रबार, १९ वैशाख २०८२, १८ : ००
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । काराकोरम राजमार्गको छेउमा रहेको कोहिस्तान जिल्लामा बिहीबार साँझ दुर्घटना भएको सरकारी उद्धार ११२२ का एक अधिकारीले बताए ।
‘गाडीले नियन्त्रण गुमाएर खोँचमा खस्यो, चार बालबालिकासहित सबै आठ जनाको मृत्यु भयो’, उनले भने । उनका अनुसार दुर्घटनाको सही कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
उद्धारकर्मी र राजमार्ग गस्ती प्रहरी घटनास्थलमा पुगेको र शवलाई नजिकैको अस्पतालमा लगियो अधिकारीले बताएका छन् । पाकिस्तानको पहाडी उत्तरी क्षेत्रहरूमा त्यस्ता दुर्घटनाहरूमा खराब सडक अवस्था र गति सामान्य कारकहरू हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण