शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम

शुक्रबार, १९ वैशाख २०८२, १८ : ०९
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले फेल भइसकेको पुरानै कार्यक्रम भएको टिप्पणी गरेका हुन् । 

‘थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरू दोहोर्‍याइएको छ । नयाँ कुरा केही पनि छैन । वर्तमान प्रधानमन्त्री ओलीजीले २०७४ सालमा दुई तिहाइको प्रधानमन्त्री हुँदा कम्तीमा पनि हावादारी कार्यक्रमको एउटा कल्पनाशीलता थियो’, संसद् परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन । अहिले एकदम उथलपुथल भइराखेको छ । तर प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ ।’

अघिल्लो वर्ष करिब २ सय बुँदा राखेर बिरामी राष्ट्रपतिलाई सकस दिएकोमा यसपटक राष्ट्रपतिको स्वास्थ्यलाई ध्यानमा राखेर छोटो नीति तथा कार्यक्रम ल्याइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप