महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनामुकारी लामाले खेलकुद क्षेत्रमा देशका लागि महिला फुटबल टिमले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताएकी छन् । उनले अन्तराष्ट्रिस्तरमा देशलाई चिनाउन महिला फुटबल खेलाडीको महत्वपूर्ण भमिका रहेको बताइन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा आज शुक्रबारबाट सुरु भएको मकवानपुर महिला गोल्डकपको उद्घाटन समरोहलाई सम्बोधन गर्दै मेयर लामाले महिला फुटबलसंगै खेलकुद क्षेत्रको संस्थागत विकासमा अग्रसर हुनु पर्ने बताइन् । खेल क्षेत्रको विकास र प्रवर्द्धनका लागि संरचनागत सुधार गर्दै खेलाडी प्रोत्साहनको नीति अवलब्धन गर्नुपर्नेमा उनले जोड दिइन् ।
उनका अनुसार प्रयाप्त खेल पूर्वाधारको अभावमा लुकेर रहेका प्रतिभाहरु प्रष्फुटन हुन सकेको छैन । खेलकुद क्षेत्रको विकाससंगै खेलाडी उत्पादनका लागि गुणस्तरिय खेलकुद पूर्वाधार निर्माण तथा प्रशिक्षण केन्द्रको स्थापना अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।
फुटबल खेलमा हेटौंडाको पनि महत्वपूर्ण स्थार र योगदान रहेको उनले बताइन् । हेटौंडाबाट राष्ट्रिय टिमा सहभागि खेलाडीहरुले पनि देशका लागि योगदान पुर्याएादै आएको उनले बताइन् ।
हेटौंडा उपमहानगरपालिका खेलकुल क्षेत्रको विकास र प्रवर्द्धनमा प्रतिवद्ध रहेको उनले बताइन् । खेलाडी उत्पादन र प्रोत्साहनमा हेटौंडा उपमहानगरपालिकाले बजेट कार्यक्रम मार्फत् सम्बोधन गर्ने तथा खेलकुद प्रतियोगिता संचालनका लागि सहयोग गर्दै आएको उनले बताइन् ।
उपमहानगपालिकाको मुख्य प्रायोजन रहेको शुक्रबारबाट सुरु भएको उक्त मकवानपुर महिला गोल्डकप (सहिद स्मृति स्थानीय तह मकवानपुर महिला गोल्डकप) बैशाख २५ गतेसम्म सञ्चचालन हुनेछ ।
प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहेको छ । जसमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिससहित मकवानपुर, रौतहट, चितवन जिल्लाको टिमसहित वीरगन्ज युथ एकेडेमी, संकटा र नवजनजागृति युवा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण