फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
काठमाडौँ । फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा धेरै घाइते भएका छन् । उत्तरी फिलिपिन्सको एउटा व्यस्त सडकमा एक बसले टोल गेटमा तीन वटा एसयूभी र कन्टेनर ट्रक समेतका सवारी साधनलाई ठक्कर दिएको थियो ।
प्रहरीले बस चालकलाई समातेका छन् । बस चलाइरहँदा चालकको झ्याप्प आँखा लाग्दा सो दूर्घटना भएको प्रहरीले भनेको छ । मर्नेमा चार जना बालबालिका भएको बताइएको छ ।
श्रम दिवसको सार्वजनिक बिदाको दिन परिवारहरू बालबालिकालाई लिएर घुम्न गएको समयमा यो दुर्घटना भएको थियो । यस घटनापछि यातायात विभागले उक्त बस सञ्चालक कम्पनी बस कम्पनी सोलिड नर्थ बसलाई सेवा सञ्चालन स्थगित गर्न आदेश दिएको छ ।
चालकमाथि जथाभावी बस चलाएर कयौं मान्छेको ज्यान लिएको अभियोग चलाइने भएको छ । प्रहरीले बसका सह–चालकलाई पनि समातेको छ । फिलिपिन्समा यस्ता दूघर्टना बेला बेला भइरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण