फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा धेरै घाइते भएका छन् । उत्तरी फिलिपिन्सको एउटा व्यस्त सडकमा एक बसले टोल गेटमा तीन वटा एसयूभी र कन्टेनर ट्रक समेतका सवारी साधनलाई ठक्कर दिएको थियो ।
प्रहरीले बस चालकलाई समातेका छन् । बस चलाइरहँदा चालकको झ्याप्प आँखा लाग्दा सो दूर्घटना भएको प्रहरीले भनेको छ । मर्नेमा चार जना बालबालिका भएको बताइएको छ ।
श्रम दिवसको सार्वजनिक बिदाको दिन परिवारहरू बालबालिकालाई लिएर घुम्न गएको समयमा यो दुर्घटना भएको थियो । यस घटनापछि यातायात विभागले उक्त बस सञ्चालक कम्पनी बस कम्पनी सोलिड नर्थ बसलाई सेवा सञ्चालन स्थगित गर्न आदेश दिएको छ ।
चालकमाथि जथाभावी बस चलाएर कयौं मान्छेको ज्यान लिएको अभियोग चलाइने भएको छ । प्रहरीले बसका सह–चालकलाई पनि समातेको छ । फिलिपिन्समा यस्ता दूघर्टना बेला बेला भइरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा