बेलायती दूतावासले मनायो राजा चार्ल्सको जन्मदिन
काठमाडौँ । काठमाडौँस्थित बेलायती राजदूतावासले राजा चार्ल्सको जन्मदिन मनाएको छ । शुक्रबार राजदूत रब फेन र श्रीमती जुलिया फेनले राजा चार्ल्स तृतीयको जन्मदिन मनाउन एक कार्यक्रम आयोजना गरेका हुन् ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। बेलायतका अधिराजकुमार र अधिराजकुमारीको हालसालैको भ्रमण पछि आयोजना गरिएको यो कार्यक्रमले नेपाल र बेलायत बिचको अद्वितीय सम्बन्धलाई फेरि एक पटक झल्काएको विश्वास गरिएको छ ।
साथै दुई देशका जनता–जनताको मित्रता, गोर्खालीहरूको भूमिका, व्यापार र लगानी सम्बन्ध, शैक्षिक सहकार्य र नेपालसँगको विकास साझेदारीका केही उदाहरणहरू प्रस्ट्याउन समेत सो कार्यक्रमले मद्दत गरेको विश्वास गरिएको छ ।
कार्यक्रममा राजदूत रब फेनले नेपाल र नेपालीले देखाएको लामो मित्रताको खुलेर प्रशंसा गरे र मित्रताको यात्रा निरन्तर बढ्दै जानेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै राजदूत फेनले भने– ‘नेपालको प्रगतिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ। लन्डनमा वित्तदाताहरूले नेपाललाई लगानीको लागि एक आकर्षक गन्तव्यको रूपमा कुरा गर्न थालेका छन्। उनीहरूसँग नेपालप्रति भावनात्मक लगाव छ, जुन हालै सम्पन्न अधिराजकुमार,अधिराजकुमारीको शानदार भ्रमणबाटले पनि ताजा गराएको छ ।’
कार्यक्रममा नेपालका वरिष्ठ सरकारी अधिकारीहरू, शिक्षाविद्हरू, चिभिनिंग अन्तर्गत बेलायतमा अध्ययन गरेका पूर्व विद्यार्थी, विकास साझेदार, कूटनीतिक समुदाय र मिडियाका सदस्यहरूको सहभागिता थियो । बेलायती राजाको जन्मदिनलाई बेलायतको राष्ट्रिय दिवस मनाउने दिनको रूपमा समेत चिनिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण