मकवानपुर महिला गोल्डकप : बारा र संकटा भिड्ने
हेटाैँडा । मकवानपुर महिला गोल्डकपमा आज शनिबार सिमरा र संकटा भिड्ने भएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा वैशाख १९ गतेबाट सुरु भएको सहिद स्मृति स्थानीय तह मकवानपुर महिला गोल्डकप प्रतियोगिता अन्तर्गत शनिबार नव जनजागृति क्लब सिमरा बारा र संकटा क्लब काठमाडौँ बिच हुने भएको हो ।
खेल दिउँसो ४ बजे हेटौँडा– ६ स्थित गौरिटार रङ्गशालामा हुने आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घले जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको उद्घाटन खेलमा आयोजक रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरलाई हराउँदै चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले चितवनले आयोजक मकवानपुरलाई पराजित गरेको हो ।
प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ७ लाख रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने विधागत खेलाडीहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण