मकवानपुर महिला गोल्डकप : बारा र संकटा भिड्ने

हेटाैँडा । मकवानपुर महिला गोल्डकपमा आज शनिबार सिमरा र संकटा भिड्ने भएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा वैशाख १९ गतेबाट सुरु भएको सहिद स्मृति स्थानीय तह मकवानपुर महिला गोल्डकप प्रतियोगिता अन्तर्गत शनिबार नव जनजागृति क्लब सिमरा बारा र संकटा क्लब काठमाडौँ बिच हुने भएको हो ।
खेल दिउँसो ४ बजे हेटौँडा– ६ स्थित गौरिटार रङ्गशालामा हुने आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घले जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको उद्घाटन खेलमा आयोजक रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरलाई हराउँदै चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले चितवनले आयोजक मकवानपुरलाई पराजित गरेको हो ।
प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ७ लाख रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने विधागत खेलाडीहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र प्राविधिकको पारिश्रमिक बढ्ने, थपिँदै विभिन्न सुविधा
-
खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री यादव
-
यस्तो बन्दैछ नागढुंगा–नौबिसे सडकखण्ड, तस्बिरमा हेर्नुहोस्
-
आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
रवि लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै