बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’
मङ्गलबार, २९ जेठ २०७५, ०८ : ३७
बीबीसी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका छन्
सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा भएको उक्त भेट करिब ५० मिनेटसम्म चल्यो । अब दुबै नेता आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेका छन् ।
अमेरिकाको तर्फबाट उक्त बैठकमा राष्ट्रपति ट्रम्पसँग विदेशमन्त्री माइक पोम्पियो, ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन देखिएका छन् ।
यस्तै, अर्कोतर्फ उत्तर कोरियाका नेता किम जोंग उनसँग उनका नजिकका मानिने किम योंग चोलका साथै विदेशमन्त्री री योंग हो र पूर्व विदेशमन्त्री री सु योंग देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण