शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
परीक्षा

तस्बिरमा हेर्नुहोस् कक्षा १२ को परीक्षा

आइतबार, २१ वैशाख २०८२, ०८ : ४९
आइतबार, २१ वैशाख २०८२

भक्तपुर ।  देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ः०० बजेदेखि सुरु भएको परीक्षा ११ः०० बजे चल्नेछ । 

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । 
परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।

परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

exam plus two (2)exam plus two (3)exam plus two (4)exam plus two (5)

1-downloadexam plus two (6)exam plus two (7)exam plus two (8)exam plus two (9)exam plus two (10)exam plus two (11)exam plus two (12)exam plus two (13)exam plus two (14)exam plus two (15)exam plus two (16)exam plus two (17)exam plus two (18)exam plus two (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप