धोनी भन्छन्, ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन, हारको दोषी म हुँ’
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा एकपछि अर्को निराशाजनक प्रदर्शन गरेको चेन्नई सुपर किङ्ले अर्को हार भोगेको छ । चेन्नईमाथि शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दुई रनको रोमाञ्चक जित हासिल ग¥यो ।
आईपीएलको इतिहासमै सबैभन्दा सफल कप्तानको परिचयन बनाएका महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईका लागि यो सिजन बिर्सनलायक रह्यो । त्यसैले यो सिजन धोनीको निकै आलोचना हुँदै आएको छ ।
धोनीले स्वभाविक प्रदर्शन गर्न नसकेको र सक्रिय खेलजीवनबाट बिदा नलिएर युवा तथा प्रतिभाशाली खेलाडीको स्थान ओगटेको आरोप उनीमाथि लाग्ने गरेको छ । तर, आफूमाथि जतिसुकै आरोप लागे पनि धोनीले भने कुनै प्रतिक्रिया दिने गरेका थिएनन् ।
बेंगलुरुविरुद्धको खेलपछि भने धोनीले आफ्नै कारणले खेल हार्नु परेको प्रतिक्रिया दिएका छन् । ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन । मेरै कारणले हामीले बेंगलुरुविरुद्धको खेल गुमायौँ । मैले आक्रामक ब्याटिङसहित केही बाउन्ड्री पनि प्रहार गर्नुपथ्र्योँ । यसमा मबाट चुक भयो । त्यसैले हारको जिम्मेबारी मैले लिनुपर्छ,’ उनले भनेका छन् ।
धोनीले आफ्नो टोलीका बलरहरुको प्रदर्शन पनि सन्तोषजनक नभएको प्रतिक्रिया दिए । बेंगलुरुविरुद्ध चेन्नईलाई जितका लागि अन्तिम तीन ओभरमा ३५ रन र अन्तिम एक ओभरमा १५ रन चाहिएको थियो । तर, चेन्नईले लक्ष्य पुरा गर्न सकेन र दुई रनले पराजित हुन पुग्यो ।
उक्त खेलमा कप्तान धोनी १७औँ ओभरमा ब्याटिङ गर्न आएका थिए । १९औँ ओभरमा उनले भुवनेश्वर कुमारको बलमा छक्का प्रहार गरे । अन्तिम ओभरमा तेस्रो बलमा उनी पेभेलियन फर्किएका थिए । उनले आठ बलमा एक छक्काको मद्दतले केवल १२ रन बनाए ।
जारी सिजनको आईपीएलमा चेन्नई उपाधि होडबाट बाहिरिइसकेको छ । पाँचपटकको च्याम्पियन चेन्नईले ११ खेलमा केवल दुई जित र नौ हारको नतिजा निकालेको छ । चेन्नईले अब तीन खेलमात्र खेल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण