शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रीति, प्रकाश र रचनाले साउदी तताउने

आइतबार, २१ वैशाख २०८२, १२ : १०
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । गायिका प्रीति आले, रचना रिमाल, प्रकाश दूतराजले साउदी अरविया प्रस्तुति दिएका भएका छन् । त्यहाँ आयोजना हुने जुबेलको ‘नेपाल म्युजिक फेस्टिवल २०२५’ उनीहरुले प्रस्तुति दिने भएका हुन् । 

केआई ग्रुपको आयोजनामा आगामी जुन ६ मा हुने कार्यक्रम नेपाली कला, संस्कृतिको उत्थान तथा पाँचथर हिलिहाङ्ग गाउँपालिकाका युवा मार्गको स्तरोन्नतिका लागि हुन लागेको हो । 

कार्यक्रममा रचना, प्रीति, प्रकाशको अलवा नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिमको साथमा प्रीति पासवानको नृत्य रहने छ । केआई ग्रुपका सञ्चालक श्रीप्रसाद युवाका अनुसार कार्यक्रम अल हुमैदान हल ९ लुलु हाईपर मार्केट क्षेत्रमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप