आन्द्रे रसलको विष्फोटक ब्याटिङ, राजस्थानलाई २०७ रनको लक्ष्य
काठमाडौँ । आन्द्रे रसलले विस्फोटक ब्याटिङ गरेको खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २०७ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेन स्टेडियममा जारी आईपीएलको ५३ औं खेलमा टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा मात्र ४ विकेट गुमाएर २०६ रन बनायो ।
२२ बलमा अर्धशतक बनाएका रसेलले मात्र २५ खेलमा ५७ रन बनाए । यस क्रममा उनले चार चौका र ६ छक्का प्रहार गरे । ओपरन ब्याटर रहमनुल्ला गुरबाजले ३५ रन बनाए भने अर्का ओपनर सुनिल नारिनेले आज मात्र ११ रन बनाए । त्यस्तै कप्तान अजिण्क्ये राहणेले २४ बलमा ३० रन बनाउँदा अंगकृश रघुवंशीले ३१ बलमा ४४ रन बनाए ।
त्यस्तै मात्र ६ बलको सामना गरेका रिंकु सिंहले पनि १९ रन जोडे ।
कोलाकाताको यो खेल ११ औं हो । आज जिते कोलकाताको क्वालिफायरमा पुग्ने सम्भावना कायमै रहन्छ भने समान खेल खेलेको राजस्थानको भने झिनो आस कायमै छ ।
आजै पन्जाब किंग्स र लखनऊ सुपर जाइन्ट्सले अर्को खेल नेपाली समयअनुसार पौने ८ बजे खेल्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा आएको एउटा 'लिंक'ले रित्यायो सुजनको २५ लाख: दुई जनाविरुद्ध ठगी मुद्दा
-
निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
-
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
-
फर्पिङका गोठाला दाइका आफ्नै व्यथा (तस्बिरहरू)
-
अमेरिकाद्वारा मारिए भेनेजुएलाको ‘ट्रेन दे आरागुवा’का नेता गुरेरो
-
प्रोटिनको कमी छ ? चनासँग खानुस् यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण