सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

जब रन लिन दौडिरहेका ब्याट्सम्यानको खल्तीबाट मोबाइल खस्यो...

सोमबार, २२ वैशाख २०८२, १० : २२
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । क्रिकेट प्रतियोगिताका क्रममा कुनै पनि खेलाडीले मैदानभित्र मोबाइल फोन लैजान पाउँदैनन् । म्याच फिक्सिङ (खेल मिलेमतो) लाई रोक्ने उद्देश्यले यस्तो नियम लागू गरिएको हो ।

खेल सुरु भएदेखि समाप्त नभएसम्म खेलाडीले मोबाइल साथमा राख्न वा प्रयोग गर्न पाउँदैनन् । मैदानभित्र प्रवेश गर्नुअघि खेलाडीले आफ्नो मोबाइल ‘ड्रेसिङ रुम’ मै छाड्नु पर्ने हुन्छ । 

तर, काउन्टी च्याम्पियनसिपका क्रममा एउटा गजबको घटना भएको छ । ग्लाउसेस्टरशायर र लंकाशायरबिचको खेलका क्रममा यो घटना भएको हो । लंकाशायरको तर्फबाट ब्याटिङ गरिरहेका टम बेलीको खल्तीबाट मोबाइल फोन खसेपछि यो घटना चर्चाको विषय बनेको छ ।

तल्लो क्रमका ब्याट्सम्यान टम बेली रन लिन दौडँदै गर्दा उनको खल्तीबाट मोबाइल फोन खसेको थियो । दोस्रो रन लिन दौडने क्रममा उनको मोबाइल खसेको थियो । आफ्नो फोन खसेको कुरा उनी आफैले पनि थाहा पाएका थिएनन् । 

यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । उक्त खेलमा ३४ वर्षीय टम बेलीले ३१ बलमा दुई चौकाको मद्दतले २२ रन बनाएका थिए । उनको टोली लंकाशायर चार सय ५० रन बनाउँदै अलआउट भएको थियो । 

खेलका क्रममा खल्तीमा मोबाइल फोन राखेको आरोपमा उनलाई कारबाही गरिने भएको छ । अम्पायरले समेत यसको जानकारी सम्बन्धित निकायमा गराइसकेका छन् । तर, उनलाई कस्तो कारबाही गरिन्छ भन्ने विषयमा केही बताइएको छैन ।

खासगरी विश्व क्रिकेटमा स्पट फिक्सिङको घटनामा वृद्धि भएपछि खेलाडीलाई खेलका क्रममा मोबाइल प्रयोग गर्न रोक लगाइएको हो ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप