सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नवाजुद्दीन सिद्धिकीले किन भने बलिउडलाई चोर ?

सोमबार, २२ वैशाख २०८२, १३ : ५२
सोमबार, २२ वैशाख २०८२

नयाँ दिल्ली । नवाजुद्दीन सिद्धिकी यतिबेला आफ्नो आगामी फिल्म ‘कोस्टाओ’को प्रचारमा व्यस्त छन् । फिल्म प्रमोसनको क्रममा अभिनेताले बलिउड र साउथ उद्योगबारे खुलेर कुरा गरेका थिए ।

 सिद्धिकीले बलिउडलाई चोर भन्दै त्यहाँ सबै कुराको नक्कल गरिने अनि ४–५ वर्षसम्म लगातार एउटै विचारमा फिल्म बनाइने समेत भने । अभिनेताका अनुसार हिन्दी फिल्म उद्योग विचारको अभावबाट ग्रस्त छ ।

बलिउडमा मानिसहरूले एउटै आइडिया बारम्बार दोहोर्‍याउने गरेको युट्युबमा पूजा तलवारसँग कुरा गर्दै नवाजुद्दीन सिद्धिकीले भने, ‘हाम्रो उद्योगमा, एउटै कुरा पाँच वर्षसम्म दोहोरिन्छ– अनि जब मानिसहरू अन्ततः बोर हुन्छन्, तिनीहरू छाडिदिन्छन् । वास्तवमा, मान्छेमा अुरक्षा धेरै बढेको छ । उनीहरूलाई लाग्छ कि यदि कुनै सूत्रले काम गरिरहेको छ भने त्यसलाई चलाएको चलायै गर्नु पर्छ, घिस्रिएर थोत्रो नहुँदासम्म ।’

सिक्वेल बनाउने चलनलाई उनले बलिउडको सबैभन्दा नराम्रो कुरा भनेका छन् । उनले भने, ‘अहिले हरेक फिल्ममा २,३,४ वटा सिक्वेल हुन्छन् । जसरी कुनै व्यवसाय टाट पल्टिन्छ नि त्यसरी नै बलिउडमा रचनात्मकताको खडेरी छ । गरिबी निकै धेरै छ । हाम्रो उद्योगले सुरुदेखि नै चोरी गर्दै आएको छ । हामीले गीतहरू चोर्यौं, कथाहरू चोर्याैं ।’ 

‘बलिउडमा रचनात्मकता अभाव वा गरिबी किनभने छ भने यहाँ कथाहरू चोरी गरिन्छ । चलचित्रहरूको नक्कल गरिन्छ,’ उनले भने र  उद्योगले प्रायः दक्षिण भारतीय फिल्महरूबाट आइडिया लिने अनि चलेका फिल्महरूका दृश्यहरू पनि नक्कल गर्ने गरेको समेत उनले बताए ।

 ‘अब चोरहरू कसरी सिर्जनात्मक हुन सक्छन् ? हामीले दक्षिणबाट चोर्याैं, कहिले यताबाट चोर्याैं, कहिले त्यताबाट । हिट भएका केही कल्ट फिल्मका दृश्यहरू पनि चोरी भएका छन्,’ उनले भने ।  चोरीलाई निकै सामान्य बनाएको आरोप पनि उनले लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप