४५० किलोको ग्यास सिलिन्डर आयात गर्नेबारे ग्यास बिक्रेता सङ्घको विरोध
काठमाडौँ । ग्यास बिक्रेता सङ्घ नेपालले ४५० किलोको ग्यास सिलिन्डर आयात गर्नेबारे विरोध जनाएको छ । व्यवसायीहरुले हाल १४.२ किलोको सिलिन्डर बाहेकका सिलिन्डर जोखिमयुक्त रहेको बताएका छन् । ग्यास बिक्रेता सङ्घको एघारौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन कार्यक्रममा उद्योगीहरूले १४.२ किलोको ग्यास सिलिन्डरलाई नै राज्यले व्यवस्थापन गर्न नसकेको आरोप लगाए ।
साथै नेपाल गुणस्तर तथा नापतौल विभागले पनि उक्त ग्यास सिलिन्डरलाई मात्रै नियमन गर्दै आएको र ठुलो परिमाणको ग्यास सिलिन्डर बिक्रीका लागि कानुन नभएको हुँदा ४५० किलोको ग्यास सिलिन्डर बिक्री सम्भव नभएको जनाएको छ ।
साथै केही उद्योगीहरूको निजी स्वार्थका लागि ४५० किलो परिमाणको ग्यास सिलिन्डर ल्याउन दिन नहुने सङ्घको माग छ । ‘नयाँ संरचनाको हामी विरोधी होइनौँ तर कानुन बनाउने संयन्त्र हुनुपर्यो, मापदण्ड हुनुपर्यो,’ सङ्घले भनेको छ, ‘१४.२ किलो परिमाणको एउटा सिलिन्डर पड्किँदा ठुलो क्षति भइरहेको छ । ४५० को ग्यास पड्किए एरिया ध्वस्त हुन्छ ।’
साथै कुनै पनि डिलरले ग्यास बेच्न पाउने तथा उद्योगले काउन्टर सेल्स बन्द गर्नुपर्ने उनीहरूको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण