केबल चोरी हुँदा स्पेनमा हाई–स्पिड रेल सेवा प्रभावित
मड्रिड । स्पेनमा केबल चोरी हुँदा हाई स्पिडका कयौँ रेललाई असर गरेको छ । ढिलाइका कारण हजारौँ यात्रुहरूले समस्या भोगिरहेका छन् । जानकारी अनुसार मड्रिड र सेभिल बिचको हाई– स्पिड लाइनको सिग्नलिंग प्रणालीमा प्रयोग गरिएका केबलहरू चार स्थानबाट चोरी भएका थिए ।
चोरी आइतबार राति भएको स्पेनी रेल अधिकारीहरूले सोमबार बताएका छन् । यसका कारण मड्रिड र एन्डालुसिया बिच चल्ने दर्जनौँ रेलका पाङ्ग्राहरू रोकिएको बताइएको छ । सोमबार स्पेनको सरकारी स्वामित्वको रेल अपरेटर रेन्फेले मड्रिडको एटोचा स्टेसनबाट बिहान ८ बजेभन्दा अगाडि छुट्ने रेलहरूमा यात्रुहरूलाई भीडबाट बच्न चाँडै नआउन भनेको थियो ।
मध्य स्पेनको टोलेडोमा रहेको हाई–स्पिड लाइनमा चार स्थानहरूमा केबल चोरी भएको स्पेनको रेलवे पूर्वाधार कम्पनी एडीआईएफले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भनेको छ । स्पेन र पोर्चुगलमा ठुलो मात्रामा विद्युत् आपूर्ति बन्द भएको एक हप्तापछि यो घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण