नीति सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित
काठमाडौंं । अभिनेत्री नीति शाह सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित भएकी छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित ‘८८४८ हिमालय म्युजिक एन्ड फिल्म अवार्ड’मा उनले फिल्म ‘ज्वाइँ साब’ बाट यो अवार्ड प्राप्त गरेकी हुन् ।
‘ज्वाइँ साब’ नीतिको दोस्रो फिल्म हो । उनले अभिनयमा डेब्यु भने ‘खजुरे ब्रो’बाट गरेकी थिइन् ।
न्यूयोर्कस्थित मेलरोज बलरुमको हलमा आयोजित अवार्डमा अभिनेत्री पूजा चन्दले नीतिलाई अवार्ड प्रदान गरिन् । राजेश हमाल र शम्भुजीत बास्कोटासहित अमेरिकामा बसोबास गर्दै आएका थुप्रै कलाकार सहभागी अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेताको अवार्ड विजय बरालले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट जिते ।
कार्यक्रममा ‘छक्कापञ्जा ५’बाट केदार घिमिरे माग्ने बुढाले उत्कृष्ट कमेडी, ‘बेहुली फ्रम मेघौली’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री, ‘१२ गाउँ’बाट समीर भट्टले उत्कृष्ट डेब्यु अभिनेता र ‘तेलभिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।
कार्यक्रममा ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भयो । कार्यक्रममा अभिनेत्री ऋचा घिमिरे उत्कृष्ट सहायक अभिनेत्री घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण