चलचित्र विकास बोर्डको एकसाथ ४ कार्यक्रम सञ्चालन
काठमाडौँ । चलचित्र विकास बोर्डले एकसाथ ४ स्थानमा फरक फरक कार्यक्रम सञ्चालन गरेको छ । चलचित्रकर्मीको विकास र बिस्तारलाई ध्यानमा राखेर बोर्डले एकसाथ धेरै कार्यक्रम सञ्चालन गरिरहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
बोर्डका अनुसार काठमाडौँमा महिलाहरूको फिल्म क्षेत्रमा सहभागिता र क्षमता विकासका लागि दुई हप्ते ‘वुमेन मेक फिल्मस्’ कार्यशाला चलिरहेको छ । यो कार्यक्रम महिला निर्माता, निर्देशक र प्राविधिकहरूलाई फिल्म निर्माणका व्यावहारिक पक्षहरूमा सशक्त बनाउन केन्द्रित छ ।
यसैगरी, पोखरामा नयाँ पुस्तालाई फिल्म निर्माणको प्रविधि र अभ्यासमा परिचित गराउने उद्देश्यले ‘लाइट, क्यामेरा वर्कसप’ सुरु भएको छ । वैशाख २५ गतेसम्म सञ्चालन हुने यो कार्यशालाले क्षेत्रीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा ल्याउन सहयोग गर्ने अपेक्षा बोर्डको छ ।
सुदूरपश्चिमको कर्णाली क्षेत्रको प्राकृतिक र सांस्कृतिक विविधतालाई फिल्ममार्फत प्रवर्द्धन गर्ने लक्ष्यसहित रारामा ‘कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ आयोजना भइरहेको छ ।
त्यस्तै दोलखामा पनि लोपोन्मुख थामी समुदायको विवाह संस्कृतिलाई दस्तावेजीकरण गर्ने उद्देश्यले वृत्तचित्र छायांकन भइरहेकोछ । बोर्डको सहकार्यमा थामी जातिको विवाह परम्परालाई जीवन्त राख्ने यो प्रयास महत्त्वपूर्ण मानिएको छ ।
बोर्डले यो वर्ष अझै धेरै कार्यक्रमहरू गर्ने अध्यक्ष दिनेश डिसीले बताए । ‘हामीसँग चलचित्रकर्मी, चलचित्र क्षेत्रको विकासका लागि अझै धेरै कार्यक्रमहरू छन्’, अध्यक्ष डिसी भने ‘‘चलचित्र विधेयक’ संसदबाट पास भएर आएपछि अझै काम गर्न सजिलो हुन्छ ।’ डिसीले स्टुडियो निर्माण प्रक्रिया समेत अगाडि बढेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण