इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सेना बोलाउन थाल्यो
सोमबार, २२ वैशाख २०८२, १२ : ४७

काठमाडौँ । इजरायली सेनाले गाजामा आफ्नो कारबाहीलाई तीव्र बनाउन र विस्तार गर्न हजारौँ रिजर्भ सैनिकहरूलाई बोलाउन थालेको छ ।
इजरायली रक्षा बल (आईडीएफ)ले गाजामा बन्धकहरूलाई रिहा गर्ने र हमासलाई पराजित गर्ने उद्देश्यले दबाब बढाइरहेको बताएको छ । सेनाले योजना अन्तर्गत नयाँ क्षेत्रहरूमा सञ्चालन हुने र जमिन माथि र तल सबै पूर्वाधार नष्ट गर्ने बताएको छ ।
इजरायली मिडिया रिपोर्टका अनुसार इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजामा नयाँ सैन्य विस्तारलाई अनुमोदन गरेको छ । यद्यपि, धेरै रिपोर्टहरूका अनुसार, यो सैन्य विस्तार अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण पछि लागू गरिनेछ ।
इजरायल र हमासबीचको युद्धविराम सम्झौता असफल भएको छ । गाजामा बन्धक रहेका ५९ लाई अझै रिहा गरिएको छैन । यीमध्ये २४ जना मात्रै जीवित रहेको हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस