बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
काठमाडौँ । बलात्कारको आरोपमा एक भारतीय क्रिकेटर पक्राउ परेका छन् । क्रिकेटर शिवालिक शर्मालाई जोधपुर प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनलाई सोमबार नै अदालतमा पेस गरी न्यायिक हिरासतमा राखिएको हो । उनीमाथि एक युवतीले विवाहको प्रलोभनमा बलात्कार गरेको आरोपसहित उजुरी दिएकी थिइन् ।
शारीरिक सम्बन्ध राखिसकेपछि शिवालिकले विवाहका लागि अस्वीकार गरेको युवतीको आरोप छ । पीडित युवतीका अनुसार फेब्रुअरी २०२३ मा बडौदामा जाँदा उनले शिवालिकसँग पहिलो भेट गरेकी थिइन् । त्यसपछि दुवैबिच मित्रता बढेको र उक्त मित्रतालाई दुवैले प्रेममा परिणत गरेका थिए ।
दुवैको परिवारबिच समेत भेटघाट भएको बताइएको छ । दुवैको परिवारकै सहमतिमा विवाहको टुङ्गो लागेको अवस्थामा शिवालिक जोधपुर आएको र त्यही बेला आफूसँग शारीरिक सम्बन्ध राखेको पीडित युवतीको दाबी छ ।
सन् २०२४ अगस्टमा शिवालिकको परिवारले आफूलाई बडौदामा बोलाएको पीडित युवतीले उजुरीमा उल्लेख गरेकी छन् । त्यतिबेला शिवालिकका आमाबुबाले शिवालिक एक क्रिकेटर भएको र क्रिकेटलाई नै करिअर बनाएका कारण तत्काल विवाह नहुने भनेर युवतीलाई पन्छाउने प्रयास गरेका थिए । उनीहरूले शिवालिकका बारेमा अन्यत्रबाट पनि विवाहको प्रस्ताव आएको भन्दै आफूसँग विवाहका लागि अस्वीकार गरेको पीडित युवतीको भनाइ छ ।
उल्लेखनीय छ, शिवालिकलाई सन् २०२४ कै सिजनका लागि आईपीएल फ्रेन्चाइजी टिम मुम्बई इन्डियन्सले २० लाख रुपैयाँमा खरिद गरेको थियो । उनलाई यो सिजनमा भने मुम्बई इन्डियन्सले रिलिज गरिदिएको थियो ।
शिवालिकले बडौदाको टिमबाट घरेलु क्रिकेट खेल्दै आए पनि जनवरीयता क्रिकेटबाट दूरी बनाएका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण