बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ

काठमाडौँ । बलात्कारको आरोपमा एक भारतीय क्रिकेटर पक्राउ परेका छन् । क्रिकेटर शिवालिक शर्मालाई जोधपुर प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनलाई सोमबार नै अदालतमा पेस गरी न्यायिक हिरासतमा राखिएको हो । उनीमाथि एक युवतीले विवाहको प्रलोभनमा बलात्कार गरेको आरोपसहित उजुरी दिएकी थिइन् ।
शारीरिक सम्बन्ध राखिसकेपछि शिवालिकले विवाहका लागि अस्वीकार गरेको युवतीको आरोप छ । पीडित युवतीका अनुसार फेब्रुअरी २०२३ मा बडौदामा जाँदा उनले शिवालिकसँग पहिलो भेट गरेकी थिइन् । त्यसपछि दुवैबिच मित्रता बढेको र उक्त मित्रतालाई दुवैले प्रेममा परिणत गरेका थिए ।
दुवैको परिवारबिच समेत भेटघाट भएको बताइएको छ । दुवैको परिवारकै सहमतिमा विवाहको टुङ्गो लागेको अवस्थामा शिवालिक जोधपुर आएको र त्यही बेला आफूसँग शारीरिक सम्बन्ध राखेको पीडित युवतीको दाबी छ ।
सन् २०२४ अगस्टमा शिवालिकको परिवारले आफूलाई बडौदामा बोलाएको पीडित युवतीले उजुरीमा उल्लेख गरेकी छन् । त्यतिबेला शिवालिकका आमाबुबाले शिवालिक एक क्रिकेटर भएको र क्रिकेटलाई नै करिअर बनाएका कारण तत्काल विवाह नहुने भनेर युवतीलाई पन्छाउने प्रयास गरेका थिए । उनीहरूले शिवालिकका बारेमा अन्यत्रबाट पनि विवाहको प्रस्ताव आएको भन्दै आफूसँग विवाहका लागि अस्वीकार गरेको पीडित युवतीको भनाइ छ ।
उल्लेखनीय छ, शिवालिकलाई सन् २०२४ कै सिजनका लागि आईपीएल फ्रेन्चाइजी टिम मुम्बई इन्डियन्सले २० लाख रुपैयाँमा खरिद गरेको थियो । उनलाई यो सिजनमा भने मुम्बई इन्डियन्सले रिलिज गरिदिएको थियो ।
शिवालिकले बडौदाको टिमबाट घरेलु क्रिकेट खेल्दै आए पनि जनवरीयता क्रिकेटबाट दूरी बनाएका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार