देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन

हेटौँडा । पूर्व उपराष्ट्रपति एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ले देशको राजनीतिक अवस्था नाजुक बन्दै गएको टिप्पणी गरेका छन् ।
उनले दलहरु स्वार्थ केन्द्रीत हुँदा देशको राजनीतिक अवस्था डामाडोल बनेको बताएका हुन् । सोमबार हेटौंडामा योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले सरकारको गतिविधिको कारण दलाल पुँजीपतीहरुको मनोबल उच्च भएको बताए ।
उनले वर्तमान सरकार संख्याको हिसाबले दुई तिहाई भएपनि देशमा सुशासन कायम हुन नसकेको बताए । सरकार भ्रष्टचारीहरुलाई संरक्षणमा अग्रसर भएको उनले आरोप लगाए । विचौलियाहरुको संरक्षणको लागि नै कांग्रेस र एमालेको सरकार बनेको उनले बताए । उपाध्यक्ष पुनले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको बताए ।
‘केही अदृश्य शक्तिहरुले राज्य संयन्त्रहरुलाई घेराबन्दी गरेर अर्थतन्त्रलाई ध्वस्त बनाएको छ । ति शक्तिहरुको सञ्जाल संविधान, सरकार, न्यायपालिका सबैतिर व्याप्त रुपमा फैलिएको छ ।’ उनले भने, ‘देशको राष्ट्रियता माथि नै हस्तक्षेप गर्ने हस्तक्षेतकारीहरुसंग ती शक्तिहरुको साँठगाँठ रहेका छन् । देश बचाउन त्यस्ता अदृश्य शक्तिको सञ्जाललाई तोड्नुपर्नेछ ।’
उपाध्यक्ष पुनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीको भएको समेत बताए । कांग्रेस र एमालेले माटोमा पुरिसकेको संविधानसभालाई माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले ब्युताएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार