देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया र सरकार सञ्चालनलगायतका समसामयिक विषयमा कुराकानी भएको छ ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी रहेका थिए । बैठकपछि गृह मन्त्री रमेश लेखकले टीआरसी लगायत समसामयिक विषयमा दुई नेताबिच छलफल भएको बताए । मन्त्री लेखकले दुई नेताबिचको भेटमा टीआरसीको प्रोसेस र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको छ ।
‘यो कमन र राष्ट्रिय एजेन्डा हो भिक्टिमले उठाएका असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र उनीहरूलाई कसरी समेट्ने भन्नेमा कुराकानी केन्द्रित भयो’, लेखकले रातोपाटीसँग भने, ‘भिक्टिम समन्वय इकाइमा इन्भल्व गर्न सकिन्छ ।’
भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरू बेकार रहेकोमा पनि ओली र देउवा एकमत देखिएका छन् । नीति कार्यक्रम, बजेट पारित गर्ने, शिक्षा विधेयकसहित शिक्षकका समस्या समाधान गर्नेबारे पनि दुई नेताबिच कुराकानी भएको बताइएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले टीआरसीबारे आइतबार प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ । त्यसका लागि सिफारिस कमिटीले सर्ट लिस्ट सार्वजनिक गरे पनि पदाधिकारीको नाम सिफारिस गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण