मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
मकवानपुर । सशस्त्र प्रहरी बलको एपीएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा वीरगञ्ज युथ स्पोट्र्स एकेडेमी विरुद्ध १२ गोल गरेको छ । एपीएफले १२ गोल गर्दै वीरगञ्ज माथी एकतर्फी जीत निकालेको हो ।
सोमबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपीएफले वीरगञ्जलाई १२–० गोल अन्तरले हराएको हो ।
एपीएफले पहिलो हाफमा ५ र दोस्रो हाफमा ७ गोल गरेको हो । एपीएफको जीतमा रश्मी कुमारी घिसिङले उत्कृष्ट प्रदर्शन गरिन् । खेल अवधी भर उनले वीरगञ्ज विरुद्ध ५ गोल गरिन् । उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने ७० औं र ७८ औं मिनेटमा थल गोल गरिन् ।
खेलमा सरु लिम्बुले १९ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २५ औं मिनेट अनिता केसि, ३५ औं मिनेटमा पुनः सरु लिम्बुले, ३९ मिनेट अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योन्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गरिन् । खेलको म्यान अफ द म्याच रश्मी घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
एपीएफ सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब एपीएफले मंगलबार नै संकटासँग भिड्नेछन् ।
यसअघि सिमराको नवजनजागृती युवा क्लबलाई ६–१ फराकिलो गोलान्तरले हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको थियो । मंगलबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र चितवनबीच बिहान ८ः३० बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण