सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन

सोमबार, २२ वैशाख २०८२, १७ : ०७
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खातावालाको नाम परिवर्तन गरी सरकारी रकम खाएको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय इनरुवा सुनसरीका सहायक प्रवन्धक तारणीप्रसाद खतिवडासमेतको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

खतिवडासहित सिद्धिनाथ लाल दास र मनोजकुमार चौधरीविरुद्ध अख्तियारले राष्ट्रिय वाणिज्य बैंकमा खाता रहेको चपडाहा निम्न माध्यमिक विद्यालयको रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो । विशेषले २०८१ वैशाख २४ गते उक्त मुद्दामा आंशिक सफाइ दिएको थियो । विशेषको सफाइविरुद्ध अख्तियारले सोमबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

उनीहरुले मिलेमतोमा जिल्ला शिक्षा कार्यालय, सुनसरी ईनरुवाको लेटर प्याड तथा छाप दस्तखत किर्ते गरी दस्तखत नमुना कार्ड नै बैंकबाट परिवर्तन गरी अर्कै व्यक्तिको नाममा खाता खोली चेक जारी गरेर ५ लाख ६० हजार रुपैयाँ निकालेर हिनामिना गरेको आरोप अख्तियारको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप