बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय
समाचार

सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान

सोमबार, २२ वैशाख २०८२, २० : ५०
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मेडिकल व्यवसायी तथा राजावादी अभियानमा संलग्न दुर्गा प्रसाईंँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन सुरु गरेको छ । 

सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको ब्युरोका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

‘जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनलाई उच्च सरकारी वकिल कार्यालयमा झिकाएर आजदेखि बयान लिन सुरु भएको छ’, उनले भने, ‘आवश्यकताअनुसार थप बयान हुँदैजान्छ ।’

सीआईबीका अनुसार उनले विभिन्न बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन् । तर, उनले जुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यसविपरीत प्रयोग गरेर बैंकिङ कसुर गरेको अनुसन्धानबाट खुलेको छ । 

उनले लिएको ऋणको अहिले ब्याजसहित करिब ७ अर्ब पुगेको बताइएको छ । अहिले यस सम्बन्धमा बैंकिङ कसुर मुद्दामा मात्रै अनुसन्धान भइरहेको र पछि सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । 

चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनी केही साताअघि भारतबाट पक्राउ परेका थिए । 

उनलाई नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसरले भने राज्य विरूद्धको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप