सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त

मङ्गलबार, २३ वैशाख २०८२, ०७ : ४५
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबिचको  खेल वर्षाका कारण पूरा हुन नपाएपछि दुवै टिमले १–१ अंकमा चित्त बुझाएका छन् ।

यससँगै हैदराबादको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । १ सय ३४ रनको लक्ष्य पाएको हैदराबादले वर्षा भएपछि जवाफी इनिङ्सको एउटै बल खेल्न पाएन । 

यो खेलपछि दिल्ली १३ अंकमा पाँचौं स्थानमा रह्यो ।  हैदराबाद भने ७ अंकसहित आठौँ स्थानमा रह्यो । राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सको पनि प्लेअफ पुग्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।

टस जितेर हैदराबादले पहिले फिल्डिङको निर्णय गरेको थियो । यो सही पनि साबित भयो । कमजोर सुरुआत लिएको दिल्ली २० ओभरमा ७ विकेट गुमाई १ सय ३३ रनमै समेटिएको थियो । यद्यपि वर्षा बाधक बन्दा हैदरावादले जवाफी व्याटिङ गर्नै पाएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप