अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा

काठमाडौँ । अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको नयाँ ब्रान्च राजधानीको सामाखुसीमा खुलेको छ । सोमबार सामाखुसी चोकस्थित सिटी स्क्वायर मलमा अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले रिबन काटेर उक्त एक्स स्टेपको नयाँ आउटलेटको उद्घाटन गरेका हुन् ।
खेल पोसाकको उत्कृष्ट ब्रान्डमध्ये एक एक्स स्टेपको यो १४ औँ आउटलेट हो । एक्स स्टेपको नयाँ आउटलेटको उद्घाटनको अवसरमा ‘रन फर फ्रेस एयर’ नारासहित पाँच किलोमिटर दौडको आयोजना पनि गरिएको थियो ।
सो दौडमा धावक कुलुङसहित अन्य आठ जना ट्रायल रनर दावा तामाङ, मानकुमार रोक्का मगर, गोपाल तामाङ, सन्तोष तामाङ, होमराज तामाङ, आङफूर्वा शेर्पा र मञ्जु सुनुवारले सहभागिता जनाएका थिए ।
एक्स स्टेपको नेपालका लागि आधिकारिक बिक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले सो दौडमा सहभागी धावक धाविकालाई एक्स स्टेपका खेल पोशाकसहितको गिफ्ट ह्याम्पर प्रदान गरेका छन् ।
सिटी स्क्वायरको आउटलेटबाट एक्सटेप ब्राण्डका सामान खरिदमा १५ दिनसम्म आकर्षक छुटको अफर चलिरहेको एक्सटेप सोरुमका अर्जुन भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत
-
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री