बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

बुधबार, २४ वैशाख २०८२, २१ : ५३
बुधबार, २४ वैशाख २०८२

इस्लामाबाद । भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ । 

पाकिस्तानले भनेको छ, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’ प्रधानमन्त्री शाहबाज शरीफले बुधबार पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् । अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे ।

उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भनाई छ । 

यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनले दाबी गरे । ‘यसले प्रमाणित गर्छ कि पाकिस्तान शत्रुको विमानलाई समुद्रमा खसाल्न पूर्ण रूपमा तयार छ । पाकिस्तानका तीनै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भए,’ उनले भने ।

यसैबिच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले हिजोको आक्रमणमा भारतले धेरै क्षति बेहोरेको बताए । उनले भने, ‘यो नोक्सानबाट मुक्त हुन, उसले आज फेरि आक्रमण गर्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप