भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?

काठमाडौँ । भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावबारे रुसले प्रतिक्रिया दिएको छ ।
भारत र पाकिस्तान बीचको गहिरिँदै गएको सैन्य टकरावबारे आफू निकै चिन्तित रहेको रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । आरटी वेबसाइटको रिपोर्ट अनुसार, विज्ञप्तिमा दुवै देशलाई संयम अपनाउन आग्रह गरिएको छ ।
‘रूसले सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दछ र यस दुष्टतासँग प्रभावकारी रूपमा लड्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदायको संयुक्त प्रयासको आवश्यकतामा जोड दिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अझ अगाडि भनिएको छ, ‘आशा छ कि भारत र पाकिस्तानबीचका विद्यमान मतभेदहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकियोस् ।’ रुस दशकौंदेखि भारतको निकट सहयोगी रहँदै आएको छ । तर पाकिस्तानसँग पनि उसको राम्रो सम्बन्ध छ ।
यसैबीच, बेलायती विदेशमन्त्री डेभिड लामीले भारत–पाकिस्तान तनावलाई गम्भीर बताएका छन् । ‘बेलायती सरकारले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन र सँगै बसेर कूटनीतिक वार्ता मार्फत समस्या समाधान गर्न अपील गर्दछ ।’
उनले भनेका छन् । फ्रान्सेली विदेशमन्त्री जीन–नोएल ब्यारोटले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् ।
‘हामी आतंकवादको प्रकोपबाट आफूलाई बचाउने भारतको चाहना बुझ्छौं, तर हामीले दुवै देशलाई तनाव बढाउनबाट बच्न र नागरिकहरूको सुरक्षा गर्न संयम अपनाउन आग्रह गरेका छौं ।’ फ्रान्सेली समाचार च्यानललाई दिएको अन्तरवार्तामा ब्यारोटले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न