भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
काठमाडौँ । भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावबारे रुसले प्रतिक्रिया दिएको छ ।
भारत र पाकिस्तान बीचको गहिरिँदै गएको सैन्य टकरावबारे आफू निकै चिन्तित रहेको रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । आरटी वेबसाइटको रिपोर्ट अनुसार, विज्ञप्तिमा दुवै देशलाई संयम अपनाउन आग्रह गरिएको छ ।
‘रूसले सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दछ र यस दुष्टतासँग प्रभावकारी रूपमा लड्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदायको संयुक्त प्रयासको आवश्यकतामा जोड दिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अझ अगाडि भनिएको छ, ‘आशा छ कि भारत र पाकिस्तानबीचका विद्यमान मतभेदहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकियोस् ।’ रुस दशकौंदेखि भारतको निकट सहयोगी रहँदै आएको छ । तर पाकिस्तानसँग पनि उसको राम्रो सम्बन्ध छ ।
यसैबीच, बेलायती विदेशमन्त्री डेभिड लामीले भारत–पाकिस्तान तनावलाई गम्भीर बताएका छन् । ‘बेलायती सरकारले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन र सँगै बसेर कूटनीतिक वार्ता मार्फत समस्या समाधान गर्न अपील गर्दछ ।’
उनले भनेका छन् । फ्रान्सेली विदेशमन्त्री जीन–नोएल ब्यारोटले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् ।
‘हामी आतंकवादको प्रकोपबाट आफूलाई बचाउने भारतको चाहना बुझ्छौं, तर हामीले दुवै देशलाई तनाव बढाउनबाट बच्न र नागरिकहरूको सुरक्षा गर्न संयम अपनाउन आग्रह गरेका छौं ।’ फ्रान्सेली समाचार च्यानललाई दिएको अन्तरवार्तामा ब्यारोटले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण