संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्नेलाई सरकारले छोड्दैन : गृहमन्त्री
बिहीबार, २५ वैशाख २०८२, १६ : ५६
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई संविधान र कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
घटनाका क्रममा संविधान र व्यवस्था विरोधी गतिविधि गर्ने निजि र सरकारी सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई पक्राउ गरी अधिकारप्राप्त निकायले अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनले तीनकुनेको घटना संविधान र व्यवस्था विरुद्धमा रहेको ठहर सरकारले गरेको बताए । उनले वर्तमान सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि सैय नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण